काठमाडौँ । सहकारीको रकम अपचलन प्रकरणमा जोडिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्लैपिच्छे धरौटी बुझाउँदै पर्सा जिल्लामा मुद्दाको तयारी भइरहँदा यो भन्दा गम्भीर प्रकृतिको सहकारी ठगीमा जोडिएका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङलाई भने आफ्नै सरकार भएकाले हाइसन्चो देखिएको छ । देखाउनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई पटक बयान लिए पनि ‘सम्बन्ध विच्छेद’ भइसकेको पत्नीका कारण समस्यामा परेको र आफ्नो संलग्नता नभएको भन्दै उनी उम्किरहेका छन् । यता, उनै धनराज गुरुङले सम्बन्ध विच्छेद भएकी पत्नी ज्योतिले सहकारीमा हिनामिना गरेको रकम भने नेपालका विभिन्न स्थानमा लगानी गरेको र उनी चैँ अमेरिकामा सेटल भएको तथ्य बाहिरिँदा पनि सिआइबीले ज्योतिलाई रेडकर्नर नोटिस जारी गरेर अरु अनुसन्धानसमेत अगाडि नबढाउँदा उनले ठगेको रकम व्यवस्थापन भइसकेको देखिएको हो ।
सत्ताको चरम दुरुपयोग गर्दै कांग्रेस नेता गुरुङले पत्नी ज्योतिलाई सम्बन्ध विच्छेदको कागज गराएर देशबाट भगाउँदै अमेरिकामा सेटल गरेको रहस्य खुल्दै गएको छ । गुरुङ तीन पटक अमेरिका गएको र त्यहाँ पत्नी ज्योतिलाई सेटल गराएपछि अन्तिम पटक जाँदा छोरीलाई पनि उतै छाडेर नेपालमा भने ‘पानीमाथिको ओभानो’ हुने प्रयास गरिरहेको देखिएको छ ।
रवि लामिछानेमाथि सिंगो राज्य लागिरहँदा सत्तारुढ पार्टीका नेता भएकै कारण धनराजलाई भने सामान्य बयान गराउँदै छाडिँदा उनले ज्योति
गुरुङलाई अमेरिकामा व्यवस्थापनसँगै ज्योतिले हिनामिना गरेको रकम नेपालमै अर्कै महिला प्रज्ञा न्यौपानेको नाममा लगानी भएको देखिएको हो । ललितपुरको मितेरी सहकारीको १३ करोड रुपैयाँ अपचलन गरेर फरार ज्योति अमेरिकामा सेटल भइरहँदा सहकारीकै ज्योति भण्डारीले क्रिप्टोमा लगानी गरेर ६ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेपछि धनराजले ज्योतिसँग सम्बन्ध विच्छेद गरेर आफ्नो राजनीति र ज्योति दुवैलाई जोगाउन खोजेको रहस्य खुल्दै गएको छ ।
यता, ज्योति फरार भएर केही समय हङकङ बसेपछि अमेरिका पुग्दा उनलाई साथी प्रज्ञा न्यौपानेले बाँकी रकम सेटलमा मदत गरेको देखिएको छ । ज्योति गुरुङको सात करोड रुपैयाँ भन्दा बढी रकम अमेरिकामा रहेकी मोरङकी प्रज्ञा नै नेपाल आएर लामो समय बसेर विभिन्न कम्पनी, हाउजिङ, प्लटिङ, हाइड्रोमा व्यवस्थापन गरेको भनेर अमेरिकामा समेत चर्चा हुने गरेको छ । यति मात्र होइन, उनको खातामा पनि मोटो रकम बचत रहेको पाइएको छ । पछिल्लो समय धनराज र ज्योतिको कनेक्सन प्रञासँग जोडिएपछि ज्योति रेडकर्नर नोटिसमा परिरहँदा प्रज्ञासँगको संलग्नताबारे अनुसन्धान भइरहेको बताइएको छ ।
अमेरिकामा प्रज्ञाले नै ज्योतिलाई क्यासिनोमा जागिर लगाउनेदेखि क्यासिनोबाट निकालिएपछि प्रज्ञाकै पति एनआरएनए अभियन्ता रविसिंह बस्नेतको हालिमुहाली रहेको यति रेष्टुरेन्टमा समेत जागिर दिएर अमेरिकामा सेटल गराउन प्रज्ञा सक्रिय भएको बुझिएको छ । यसमा नेपालमा ज्योतिका नाममा भएको रकम उनले नै व्यवस्थापनको जिम्मा पाएपछि ज्योतिको अमेरिका सेटलमा उनी सक्रिय भएकी हुन् ।
यसका लागि प्रज्ञा अप्रत्यासितरुपमा नेपाल आएर लामो समय बसेर ज्योतिका नाममा भएका रकम आफ्नो र परिवारका सदस्यहरुको नाममा नेपालका विभिन्न कम्पनीमा शेयर हालेर व्यवस्थापन गरेर अमेरिका फर्केको देखिएको छ । अध्यागमनको रिपोर्ट हेर्ने हो भने पनि प्रज्ञाको नेपाल बसाइबाट धेरै कुरा खुल्ने देखिन्छ । अर्कातिर उनको, उनका माइती र पति बस्नेतसँगै परिवारका सदस्यका नाममा भएको सम्पत्ति विवरण र लगानी अनुसन्धान गर्ने हो भने पनि ज्योति गुरुङको करोडौँ रकम प्रज्ञाले व्यवस्थापन गरेर ज्योतिलाई अमेरिकामा व्यवस्थापन गर्न मदत गरेको कनेक्सन खुल्दै जाने अनुमान प्रहरीको छ ।
सर्वसाधारणको रकम ठगेर फरार ज्योतिलाई अमेरिका पठाउने धनराजको योजना र त्यहाँ ज्योतिलाई सेटल गराएर नेपालमा उनको ठगीको रकम व्यवस्थापन गर्ने काममा प्रज्ञाको संलग्नताबारे गहिरो अनुसन्धान भइरहेको ज्योतिलाई जस्तै प्रज्ञालाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही अघि बढ्ने देखिएको छ भने प्रज्ञा र ज्योतिको कनेक्सनको गहिरो अनुसन्धान हुँदा ज्योतिले मितेरी सहकारीबाट अपचलन गरेको सर्वसाधारणको रकम भेटिने पक्का छ ।
र यो पनि पढ्नुहोस
धनराजको ‘डिभोर्सी’ पत्नीलाई अमेरिकामा कसको साथ, को हुन् प्रज्ञा न्यौपाने ?
तपाईको बिचार