काठमाडौं। धेरै मानिसले कुनै सामाजिक काम गर्नुप¥यो भने सुगम र सहरलाई रोज्छन् । सजिलो हुने गरी काम गर्छन्। तर कृष्णप्रसाद भण्डारी ‘मार्सेली र उनको टिम निकै समय भो। दुर्गममा जान्छन्, जे जस्तो भेट्छन् त्यही खान्छन् र गुन्द्रीमै भए पनि जसो तसो रात काट्छन् ।
उनीहरू दुःख पाएर यसरी दुर्गम पसेका होइनन् । उनीहरू दुख खोज्न पनि त्यस तिर लागेका होइनन् । उनीहरूले यो बाध्यताले यो दुख भोगेका पनि होइन । उनीहरू समाजमा केही गर्न भनेर यसरी दुर्गम पुग्छन् ।
उनीहरू यसरी दुर्गम पुग्नुको अर्थ हो बजारमा हुने गरेको ठगी, कालो बजारी, मिसावट विरुद्ध लगायत उपभोक्तालाई जगाउन दुर्गम जाने गरेका हुन् । उनीहरू दुर्गमका स्कुलमा जान्छन् , विद्यार्थी र अभिभावक , शिक्षक लगायत सर्वसाधारण भेला गर्छन् र भन्छन् – सावधान तपाइहरू ठगिनबाट बँच्नुहोस, मिसावटबाट बँच्नुहोस, उपभोक्तालाई ठग्न खोजे मिसावट गर्न खोजे, भएको सामान लुकाएर कृत्रिम अभाव खडा गर्न खोजे तुरुन्तै स्थानीय निकायको उपभोक्ता हित समितिमा उजुरी गर्नुहोस् ।
‘मार्सेली उमेरले ७१ वर्ष भए। उनी लामो समय सरकारी सेवाबाट पेन्सन निवृत्त हुन् । उनको जीवन रामै चलिरहेको छ। तर उनी गाउँ गाउँमा गएर यो अभियान चलाउँछन् । उनी सरकारी जागिरबाट अवकाश भएको १३वर्ष भयो। तर उनी लगातार यस अभियानमा लागेका छन् ।
यर्सैक्रमममा उनको टोली गएको शुक्रबारउदयपुर जिल्लाको नमुना मावि भलाया डाँडाको प्राङ्गण पुग्यो। उदयपुर गढीको महाभारत फेदीमा रहेको त्यो स्कुल दुर्गममा रहेको छ। स्कुलमा बाटो र बिजुली पुगेको पनि धेरै वर्ष भएको छैन।
आइतबार सो विद्यालयको हल अभिभावक र शिक्षक र विद्यार्थीले भरियो। त्यो पनि उनले आधा घण्टा जति सुनाए उपभोक्ता, अधिकार, । त्यसमा कानुन पक्षको बारे प्रस्ट्उदै थिए अधिवक्ता रामजनक कटवाल । उनीहरू दुवै उपभोक्ता जागरण अभियानका अध्यक्ष र सचिव हुन् । उनीहरूले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको साझेदारी कार्यक्रम अन्तरगत विद्यालयस्तरीय शिक्षा कार्यक्रम अन्तरगत यो अभियान सञ्चालन गरेका हुन् ।
सुरुमा यसको महत्त्व नबुझेका सहभागीहरू भने कार्यक्रम पछि दङ्ग परेका देखिन्थे। सो विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी सिंनम राईले अभियानले उपभोक्ताको अधिकार बारे स्पष्ट पारेको बताइन् । उनले अब उपभक्तले विना भेदभाव वस्तुहरूको उपभोग गर्न पाउने अधिकार बारे अभियान सञ्चालन गर्ने घोषणा गरिन् ।
विद्यालयका अभिभावक सुमन तिमिल्सिनाले सरकारले स्पष्ट कानुको व्यवस्था नगरेका कारण उपभोक्ता मारमा परेको भन्दै गुनासो गरे। विद्यालयका प्रधानाध्यापक देवीप्रसाद राईले उपभोक्ता अधिकार सचेत गराउने अभियानमा आफ्नो विद्यालयलाई छानी दिएकोमा धन्यवाद ज्ञापन गरे।
उनीहरूले यो अभियान आफ्नो विद्यालयमा ल्याइदिएकोमा उपभोक्ता जागरण अभियानलाई अभिावाभक, विद्यार्थी र सर्वसाधारणले सधैँ सम्झी रहने बताए। उदयपुर गढी गाउँ पालिकाका अध्यक्ष जितबहादुर खड्काले उपभोक्ता आफैले जान्नु पर्ने कुरा जागरण अभियानले जानकारी गराएकोमा धन्यवाद दिए। उनले यो अभियानमा गाउँ पालिका पुरै साथ रहेको प्रतिबद्धता जनाए।
यसैगरी सो अभिायानले आइतबार खोटाङको सिम्पानीमा पनि यस्तो कार्यक्रम संञ्चालन गरेका छ। सिम्पानी माविको प्राङ्गणमा भएको सो कार्यक्रमम पनि शिक्षक विद्यार्थी , अभिवभाक सबैले उपभोक्ता अधिकारका बारेमा प्रकाश पारेका थिए
अभियानले सार्वजनिक यातायातमा हिँड्दा हिँड्दै पनि बाटामा पर्ने लिक्चीराम्चेको संघीय आधारभूत बिद्यालयमा २० मिनेट उपभोक्ता सचेतना कार्यक्रम गरेर प्रधानाध्यापक लाईजागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता नारा सहितको संस्थाको ब्रोसियर उपलब्ध गराएको थियो
खोटाङको सिम्पानी माबिमा खोटेहाङ्ग गाउँपालिका वडा ८ का वडा अध्यक्ष एवम् बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा ९२ जनाको उपस्थित रहेको थियो । विद्यार्थी , अभिभावक , जनप्रतिनिधि , शिक्षकको सहभागिता भएको कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्षले कार्यपत्र प्रस्तुत गर्दै वस्तु र सेवाको सम्बन्धमा जान्नुपर्ने कुराहरूको बारेमा प्रकाश पारेका थिए।। बिद्यालयका शिक्षक बिज्ञान तामाङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिले अभियानको कार्यक्रम ल्याएर महत्त्वपूर्ण बिद्यालयलाई अमुल्य सहयोग पुर्याएको मन्तव्य दिएका थिए ।
तपाईको बिचार