भीम रावलतिर लाग्दा एमाले सदस्यता चट्

भीम रावलतिर लाग्दा एमाले सदस्यता चट्

731

काठमाडाै । एमालेबाट निकालिएका डा. भीम रावलकाे पछि लागेकाे भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।

एमालेबाट निकालिएका डा  रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको हो ।

यसरी निकालिनेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का,हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँ रहेका छन् । उनीहरुलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमले जनाएको छ ।

तपाईको बिचार