नक्कली डीएसपी कर्याप्पै

नक्कली डीएसपी कर्याप्पै

649

यसरी पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका-२० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेका धनुषा प्रहरीले जनाएकाे छ।

इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटशंकर यादवले जानकारी दिएका छन् ।

दिपकले डीएसपी भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको भनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठले इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि. अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

तपाईको बिचार