कांग्रेसका नगर सभापति सडकमै मृत फेला

कांग्रेसका नगर सभापति सडकमै मृत फेला

739

कञ्चनपुर । नेपाली कांगेसका नगर सभापति सडकमै मृत फेला परेका छन् ।
भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी आज बिहान सडकपेटीमा मृत अवस्थामा फेला परेका हुन् ।
कलौनी भीमदत्त नगरपालिकाको–१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

‘शरीरमा घाउ चोट केही पनि छैन,’ उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ उनकाे घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५०० मिटरको दूरीमा छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेकाे छ । प्रहरीले घटनास्थल शिल गरेको छ । चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुलेको छैन ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए ।

तपाईको बिचार