निलम्वन फुकुवाको निवेदन बोकेर रवि लामिछाने संसद सचिवालयमा

निलम्वन फुकुवाको निवेदन बोकेर रवि लामिछाने संसद सचिवालयमा

559

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आफूलाई सांसद पदबाट निलम्वन गरेकोमा निलम्वन फुकुवाको पत्र बोकेर संसद सचिवालयमा उपस्थित भएका छन् ।

उनले आफूलाई राजनीतिक प्रतिसोधको कारण सांसद पद निलम्वन गरिएको भन्दै त्यसको फुकुवा गर्नका लागि निवेदन बोकेर सांसद सचिवालयमा उपस्थित भएका हुन् ।

लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्नका लागि त्यहाँ पुगेका हुन् ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

तपाईको बिचार

सम्बन्धित खबर