काठमाडौं । नेकपा माओवादी केन्द्रले विपक्षी सात दलसँग भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराए ।
उनले भने, ‘संसदीय दलको अध्यक्षले सात दलको ५ बुँदे सहमतिलाई जानकारी गराउनुभएको छ। त्यसैको आधारमा भोलिबाट सुरु हुने बैठकमा प्रस्तुत हुने निर्णय भएको छ।’
सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्नेगरी नआएको समेत बैठकले निष्कर्ष निकालेको बताए।
तपाईको बिचार