माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

569

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । सिंदरबारस्थित संसदीय दल कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने माओवादी संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिएका छन्।

 

आजको बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ भने सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुने प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर