९ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ

९ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ

699

प्युठान । ९ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा ऐरावती गाउँपालिका– ५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कमलले ती बालिकालाई जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार