काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघको अध्यक्षलाई हटाएका छन् । उनीहरु केन्द्रीय सदस्य भएका कारण उनीहरुलाई जिम्मेवारीबाट हटाएका हुन् । अपानी जारी गर्दै नेपालले अखिलका अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण बिश्वकर्मालाई हटाएका हुन् ।
‘अनेरास्ववियू र युवा संघमा रहनुभएका पार्टी केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरूलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकिएको छ,’ अपानिमा भनिएको छ, ‘उहाँहरू सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न निर्देशित गरिन्छ । अनेरास्ववियू र युवा संघका इन्चार्ज तथा सह–इन्चार्जहरूलाई तुरुन्तै उक्त दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन निर्देशन गरिन्छ ।’
अनेरास्ववियूबाट लामासँगै हिरेन्द्र शाही, केसरी रेग्मी, माधव पन्त र यशु लामा अलग भएका छन् ।युवा संघको नेतृत्वबाट हटाइएका विश्वकर्मालाई ग्याग्दीको इन्चार्ज र लामालाई सर्लाहीको सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
तपाईको बिचार