पाँचथर । पाँचथर, फिदिम नगरपालिकाले मृत्यु भएका परिवारलाई दश हजार रुपैयाँ किरिया खर्च दिने घोषणा गरेको छ।
नगरले विपन्नसँग नगर प्रमुख कार्यक्रम मार्फत नगरपालिका भित्र किरिया खर्च दिने घोषणा भएको हो। यो निर्णय कार्यपालिका बैठक ले पारित गरेको हो।
कार्यपालिका बैठकले विपन्नसँग नगर प्रमुख कार्यक्रम सम्बन्धी मापदण्ड २०८१ स्विकृत गरेको छ।
किरिया खर्च १० हजारका दरले दिइने र स्वास्थ्य सम्बन्धि सेवाहरु प्रधान गरिने नगर प्रमुख मित्र प्रसाद काफ्ले ले जानकारी दिएका छन्।
नगरले विपन्नताको मापदण्ड अनुसार एम्बुलेन्स सेवा , गर्भवती महिला , अपाङ्गता परिचयपत्र, बिभिन्न स्वास्थ्य सेवा प्रवाह गर्ने समेत कार्यान्वयन हुने जनाएको छ।
त्यस्तै नगर भित्र कला संस्कृति,मेला तथा खेलकुदका लागि आर्थिक सहयोग गर्दा स्वत प्रबन्धक र मुख्य प्रबन्धक हुने सर्त राखेर सहयोग गर्ने निर्णय भएको नगरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
फिदिम नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने

तपाईको बिचार