लोकतन्त्रको संस्थागत विकासमा राससको भूमिका महत्त्वपूर्ण छ ः मुख्यमन्त्री शाह

लोकतन्त्रको संस्थागत विकासमा राससको भूमिका महत्त्वपूर्ण छ ः मुख्यमन्त्री शाह

637

सुदूरपश्चिम ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति ९रासस०जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताएको छ ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको प्रतिनिधिमण्डलसँग आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले राससको विकासमा प्रदेश सरकारले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

राससले जनताका बीचमा पुगेर यर्थाथपरक एवं विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको जनाउँदै मुख्यमन्त्री शाहले भन्नुभयो, “राससलाई नयाँ ढाँचा ९मोडेल० दिन व्यवस्थापनले गरिरहेको काममा सहयोग गर्नेछौँ ।”

सरकारका गतिविधिका कतिपय कुरामा सञ्चारमाध्यमले सचेत गराउन जरुरी रहेको जनाउँदै उहाँले सरकारका राम्रा–नराम्रा कुरालाई समाचारका रूपमा सम्प्रेषण गरेर नीति निर्माणमा सहयोग गर्न आग्रह गरे। उहाँले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्ने काममा काममा प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको बताए । उनहाँले राससको धनगढीस्थित कार्यालय भवन निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिए ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले राससको धनगढीमा निर्माण हुन लागेको नयाँ भवनलाई पत्रकारिता प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने व्यवस्थापनको लक्ष्य रहेको जानकारी दिनुहुँदै यसलाई सहयोग गर्न मुख्यमन्त्री शाहलाई आग्रह गरे। उहाँले प्रदेश सरकारले राससलाई आफ्नो सूचना संयन्त्रका रूपमा प्रयोग गर्न आग्रह गर्दै प्रदेश सरकारको समाचार ऐजेन्सीका रूपमा विकास गर्न सकिने बताए।

राससले पछिल्लो समयमा अवधी, मैथिलीलगायतका भाषामा पनि समाचार सम्प्रेषण गरिरहेको जानकारी दिनुहुँदै कार्यकारी अध्यक्ष झाले भाषा संस्कृतिको संरक्षणका लागि सुदूरपश्चिममा डेटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्ने काममा सहयोग गर्न आग्रह गरे ।

रासस अध्यक्ष झा नेतृत्वको प्रतिनिधिमण्डलमा राससका उपसम्पादक सिद्धराज भट्ट, नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष भरत शाहलगायत थिए ।

तपाईको बिचार