काठमाडौं। ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात कार्यालय सारेको विरोधमा स्थानीयहरूले एमाले जिल्ला कार्यालयमा ताला बन्द गरेका छन् । स्थानीयले ताला बन्द गरेपछि एमालेका अधिकांश नेताहरु भित्र थुनिएका छन् ।
स्थानीयले ताला बन्द गर्दा सो कार्यालयमा एमाले जिल्ला कमिटीको विस्तारित बैठक बसिरहेको थियो। उनीहरूले यातायात कार्यालय रुम्जाटारमा नै कायम नरहे सम्म ताला नखोल्ने अडान लिएका छन् ।
सरकारले रुम्जाटारमा रहेको यातायात कार्यालय माने भन्ज्याङ गाउँपालिका स्थित हर्कपुरमा सार्ने निर्णय गरेको थियो । त्यसको विरोधमा स्थानीयहरूले अन्य पार्टी कार्यालयहरूमा पनि तालाबन्दी गर्ने घोषणा गरेका छन् ।
तपाईको बिचार