काठमाडौ । मानिसको सबैभन्दा ठूलो धन भनेको स्वास्थ्य हो । स्वास्थ्यबिना मानिसको जीवन कल्पना पनि गर्न सकिदैन । हो, यही स्वास्थ्य बिग्रियो भने मानिसको जीवनको अन्त्य अर्थात इहलिला समाप्त हुन्छ ।
यही अवस्थालाई मध्यनजर गरेर हरेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ र हरेक व्यक्तिले अस्पतालसम्म पुगेर आफ्नो स्वास्थ अवस्थाको बारेमा जानकारी लिने कार्य गरिरहेका हुन्छन् ।
शहरमा रहेका मानिसहरु यो सुविधा लिन सक्छन् तर गाउँ अझ भनौ दूरदराजमा रहेका व्यक्तिले यो सुविधा लिनका लागि बजार वा अन्य सुविधासम्पन्न ठाउँमा जानुपर्ने बाध्यता विद्यमान रहेको छ ।
यही अवस्था आउन नदिन र मानिसको स्वास्थ अवस्थाका बारेमा जनचेतनाका साथै स्वास्थ्य अवस्था बुझ्नका लागि हालै मात्र काठमाडौमा रहेको विपन्नका लागि स्वास्थ्य नेपाल नामक संस्थाको नेतृत्वमा स्वास्थ्य शिविरका लागि ओखलढुंगाको रामपुर पुग्ने कार्य भएको छ ।
यही माघ ११ र १२ गते काठमाडौबाट खटिएको विषेशज्ञसहितको टोलीले वृहत स्वास्थ्य शिविर सम्पन्न गरेर टोली भर्खर मात्र काठमाडौ फिर्ता भएको छ । स्वास्थ्य शिविरमा २२५० जनलो स्वास्थ्य सेवा लिएको विपन्नको लागि स्वास्थ्य नेपाल संस्थाका अध्यक्ष रत्नबहादुर थापाले बताएका छन् ।
उक्त कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत ३८ जना विशेषज्ञको टोली सहभागी भएको पनि थापाले जानकारी दिएका छन् ।
तपाईको बिचार