‘मुलुकको आवश्यकताका आधारमा गठबन्धनको सरकार’

‘मुलुकको आवश्यकताका आधारमा गठबन्धनको सरकार’

647
ललितपुर ।  प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता उदयशमशेर जवराले मुलुकको आवश्यकताका आधारमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच गठबन्धन भई वर्तमान सरकार गठन भएको बताएका छन् ।
गोदावरी नगरपालिका–१ मा सो पार्टीले आयोजना गरेको सयदिने विशेष अभियानअन्तर्गतको क्रियाशील भेलामा ललितपुर–१ का सांसदसमेत रहनुभएका उनले अहिले सरकार गठनका लागि गठबन्धन गरिएको भए पनि आगामी निर्वाचनमा भने गठबन्धन नहुने स्पष्ट पारे । उनले संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाइनुपर्नेमा समेत जोड दिए ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कांग्रेस जनताको चाहनाअनुरूप विकास निर्माणमा प्रतिबद्धता रहेको बताउनुभयो । वडा नं १ का अध्यक्ष श्रीराज थापाले २०४८ सालदेखि वडाको नेतृत्व नेपाली कांग्रेसले गरिरहेकाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो । त्यस अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

तपाईको बिचार