माओवादीप्रति जनता सकारात्मक छन्ः अध्यक्ष दाहाल

माओवादीप्रति जनता सकारात्मक छन्ः अध्यक्ष दाहाल

633

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताएका छन् ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए । “जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ”, उाले भने।

सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उनले जोड दिए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए ।

तपाईको बिचार

सम्बन्धित खबर