काठमाडौ । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएर जिल्ला अदालत नवलपरासीमा हाजिर भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । अब आइतबार थुनछेक बहस हुनेछ ।
उनलाई आज पनि श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मा लगाएर छाडिएको छ । उनलाई आइतबार हाजिर हुनेगरी छाडिएको हो ।
आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए ।
प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा र अर्का वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए ।
तपाईको बिचार