तनहुँ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ब्यास नगरपालिका–९ गजौडे बस्ने ३७ वर्षीय
धर्मराज गोदारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनुहँको २०८० माघ २८ गतेको फैसलाले मुद्दामा फरार रहेका
उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको छ ।
तपाईको बिचार