काठमाडौ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आज देखी सुरु हुने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरिएसँगै आजबाट केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
बैठक भोलीसम्म जारी रहने बताइएको छ। बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
तपाईको बिचार