काठमाडौ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा आजदेखि शुरु हने भएको छ ।
हिजो अदालतमा उपस्थित भएर बयान दिएका लामिछानेको हिजो थुनछेक बहस हुन सकेन । उनी आज अदालतमा उपस्थित भएसँगै लामिछानेकोे थुनछेक बहस शुरु हुने अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिएका छन्। लामिछानेका तर्फबाट बहस गर्न काठमाडौंबाट गएकासहित १२ जनाभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरेका छन् भने पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन्।
थुनछेक बहस हिजो बयान सकिएको थियो। बयान सकिएसँगै आज १० बजे पुनः उपस्थित गराउने शर्तमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई पत्नी निकिता पौडेल र उनका कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो।
लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको थियो ।
उनीहरूविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध व्यक्तिगत दुई करोड रुपैयाँ बिगो दाबी छ। थलामिछाने यसअघि कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।
तपाईको बिचार