रास्वपा रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै

रास्वपा रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै

563

काठमाडौ । सुप्रिम सहकारी बुटवलको रकम हिनामिना प्रकरणमा मुछिएर जिल्ला अदालत रुपन्देही पुगेका रािष्ट्रय स्वतन्त्र पार्टी(रास्वपा) का सभापतिको बयान सकिएको छ । अदालतमा हाजिर हुन हिजो बुटवल पुगेका रवि आज अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।

बयान सकिएपनि थुनछेक बहस आज नहुने अदालतले जनाएको छ । न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए ।

लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तपाईको बिचार