धरानका मेयर हर्क साम्पाङ सिंहदरवार जाने भएपछि सुरक्षा व्यवस्था कडा

धरानका मेयर हर्क साम्पाङ सिंहदरवार जाने भएपछि सुरक्षा व्यवस्था कडा

553

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी ओलीलाई भेट्नका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार जाने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर सोमबार काठमाडौँ आएका थिए।
साम्पाङले मंगलबार सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

मेयर साम्पाङ र उनका समर्थक र्‍यालीसहित सिंहदरबार प्रवेश गर्न सक्ने भएकोले उनीहरूलाई व्यवस्थित गर्न प्रहरी परिचालन गरिएको हो।

तपाईको बिचार

सम्बन्धित खबर