कृषिको जैविक विविधता संरक्षणलाई आगामी कृषि विधेयकमा महत्त्वका साथ उठाउनु पर्छ- महामन्त्री थापा

कृषिको जैविक विविधता संरक्षणलाई आगामी कृषि विधेयकमा महत्त्वका साथ उठाउनु पर्छ- महामन्त्री थापा

567

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण स्थानमा दिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भनेर्, खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ,’ उनले भने, ‘कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मूल आधार बन्छ कि बन्दैन भन्नेकुरा यो कानूनले टुंग्याउँछ ।’

सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताएका छन् ।

कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले जानकारी दिए । ‘अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानून बनाए पनि यसको मूल कानून अहिलेसम्म नबनाउँदा नेपाली कृषि क्षेत्रको दिशा कुन हुने भन्ने स्पष्ट थिएन,’ उनले भने, ‘कृषिले जुन गति र लय समात्नुपर्ने थियो, त्यहाँ हाम्रा केही ग्यापहरू छन् ।’

सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए ।

कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक एउटा महत्त्वपूर्ण दस्तावेज बन्ने महामन्त्री थापाले दाबी गरे ।

यसपटक सरकारले ल्याउने कानुनमा कृषिको जैविक विविधताको विषय नेपालको कृषिको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ,’ उनले भने ।

महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरू महत्त्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको स्वीकारे ।

उनले पर्यटन प्रवर्धनमा ठाउँसँगै स्थानीय उत्पादन र सबै जाति र समुदायका खाद्य परीकारलाई यस्ता कार्यक्रमले समान ढंगले महत्व दिनुपर्नेमा जोड दिए । कार्यक्रममा रैथाने खानेकुराको संर्बधन र प्रचारमा सक्रिय रहेका ब्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रम स्थलमा बिभिन्न किसिमका अर्गानिक खानाका परिकार र इलाममा उत्पादन भएका चिया, घीउ, छुर्पी र अन्य परिकारका स्टल राखिएका थिए ।

तपाईको बिचार