काठमाडौ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको बताईरहँदा उनी त्यो मोर्चामा किन सामेल हुन चाहिरहेका छैनन् भन्ने प्रश्न उठ्न थालेको छ ।
बलिदान दिवसका अवसरमा हिजो लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताएका थिए।
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताएका थिए । उनी कसको इसारामा उपेन्द्रले यस्तो गरिरहेका छन् भन्ने आशंका राजनीतिक वृत्तमा गर्न थालिएको हो । कतै उपेन्द्र यही सरकारमा सहभागी हुन खोजिरहेका पो हुन् कि ?
तपाईको बिचार