काठमाडौँ ।नेपाल प्रज्ञा(प्रतिष्ठान भानुभक्त कक्षमा पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको छ।
उक्त पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ। प्रदर्शनीको मुख्य उद्देश्य प्रज्ञा(प्रतिष्ठानका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।
ू
सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा(प्रतिष्ठानूभन्ने मन्त्रका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा(प्रतिष्ठानबाट प्रकाशित महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।समग्रमा हिमाल, पहाड, मधेस( तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।
यस प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६५ प्रतिशत छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरूमा विशेष ४० प्रतिशत छुट दिइएको छ ।
शब्दकोशहरूमा १ प्रति को २० प्रतिशतदरकम छुट रहेको छ ।यस प्रदर्शनी स्थलमा दुई हजार थानभन्दा बढी पुस्तकहरू राखिएको छ।पुस्तक प्रदर्शनी २०८१ माघ २० गतेसम्म रहनेछ । प्रदर्शनीमा पुनः प्रकाशन भएका अमरकोश,नेपाली साहित्यकोश,कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्यशास्त्र ुपेरी पोइएतिकेसु लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।
तपाईको बिचार