मुख्य दलका प्रमुख सचेतकहरुबिच सिंहदरबारमा छलफल

मुख्य दलका प्रमुख सचेतकहरुबिच सिंहदरबारमा छलफल

659

काठमाडौं । प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ।

सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालय मुख्य दलहरूका प्रमुख सचेतकहरुबीच छलफल भएको हो।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी छन्।

छलफलमा संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेबारे केन्द्रित भएको एमालेका प्रमुख सचेतक बर्तौँलाले बताए।

सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।

सरकारले संसदलाई दिएको विधेयकहरु छिटोछरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको उनले बताए ।

उनले भने, ‘हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं । सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा केन्द्रित भएका हौं ।’

उनले सदनलाई प्रभावकारी ढंगले चलाउने बिषयमा एकमत निर्माण गरेर अगाडि बढ्नेगरी छलफल भएको बताए ।
आजै सरकार बाहेकका विपक्षीदलहरुबिच पनि छलफल हुने भएको छ। छलफलपछि विपक्षी ररणनीति सार्वजििनक गर्नका लागि उनीहरुले पत्रकार सम्मेलन आयोजना गरेका छन्।

तपाईको बिचार