एमाले नेता गोकुल बाँस्कोटाले प्रचण्डलाई लक्षित गर्दै भने–बडेमानको नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ?

एमाले नेता गोकुल बाँस्कोटाले प्रचण्डलाई लक्षित गर्दै भने–बडेमानको नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ?

745

काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिमाथि कडा टिप्पणी गरेका छन् ।

बाँस्कोटाले आज सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘कमरेड सुप्रिमोले सरकार मात्र नभइ सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याए छन् । बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या रु कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो रु प्रमाण त छैन तर शंकाको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा रु आउँछ के र को रु जवाफ खै रु’

यसअघि हिजो बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने धम्की दिएका थिए ।

अध्यक्ष प्रचण्डले भनेका थिए, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ। त्यस कारण हामी आम जनतालाई सतर्क रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनु पर्छ ।’ उनले अहिलेको उपलब्धि खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनातिर जाने बताएका थिए ।

तपाईको बिचार