काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका चिनियाँ नागरिककाे मृत्यु भएकाे छ । बंगलादेशकाे विमानबाट आज बिहान विमानस्थल ओर्लिने वित्तिकै उनी सिकिस्त बिरामी भएका थिए।
३० वर्षीय चिनियाँ नागरिक बिन लिन स्याङ बेहोस भएपछि विमानस्थलमा रहेका आकस्मिक चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए । यसपछि थप उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो ।
तर, अस्पताल ल्याइ पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको मृत्युको कारण खुलिसकेको छैन । आगमन अनुमति लिनुअगाडि नै उनी गम्भीर बिरामी परेका थिए । विमानस्थल स्रोतका अनुसार घटनाबारे नेपालस्थित चिनियाँ दूतावासमा समेत खबर गरिएको छ । उनी आनहुई प्रान्तका हुन् ।
सम्बन्धित खबर
हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ – सांसद राजेन्द्रकुमार राई
तपाईको बिचार