गायिका तारा दुलालको ‘क्षितिज बाट घाम धेरै’ बोलको गीत सार्वजनिक (भिडियो )

गायिका तारा दुलालको ‘क्षितिज बाट घाम धेरै’ बोलको गीत सार्वजनिक (भिडियो )

819

काठमाण्डौं । ‘क्षितिज बाट घाम धेरै’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । क्षितिज बाट घाम धेरै बोलको गीत तारा दुलाल युट्व च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

गायिका तारा दुलाल र गायक परेश राईले स्वर दिएको गीतमा अहिलेको देशको अवस्थाका बारेमा चित्रण गरिएको छ । परिकल्पना बासु दुलालले गरेको गीतको शब्द पूर्व प्रधानमन्त्री झलनाथ खनालको छ । संगीत तोरेम्पा हाङ, एरेन्ज राजु कार्की रहेको उक्त म्युजिक भिडियोको रेकडिङ्ग किंग रेकर्डिङ्ग स्टुडियो काठमाडौं गरिएको ।

निर्माण टीमले आलोक रायामाझी, दामोदर अर्याल, लेखनाथ सिकारु, वेदराज रेग्मी, डा. मुरली प्रसाद साह, नील मणि बराल, गोपी अधिकारी, प्रकाश भारती, सुदिप खवास, नन्दिकेसर पोखरेल, इन्दु खवास कट्टेल, दीपक उप्रेती र कृष्ण भट्टराईलाई धन्यवाद तथा आभार ब्यक्त गरिएको छ ।

गायिका दुलालले यस अघि पनि थुप्रै चर्चीत जनवादी गीतहरु गाइसकेकी छन् । उनको यो गीत दर्शक माझ कोशेढुङ्गा सावित हुनेमा दुईमत छैन ।

(भिडियो )

 

तपाईको बिचार