वनभोजमा सुशासन,सामाजिक सुरक्षा र श्रमको सम्मानका कुरा

वनभोजमा सुशासन,सामाजिक सुरक्षा र श्रमको सम्मानका कुरा

667

काठमाडौँ । क्षतिपूर्ति सहितको सेवा प्रवाह , सामाजिक सुरक्षा र श्रमको सम्मान, सम्पूर्ण सरकारी कर्मचारीको एकीकृत संगठन हाम्रो अभियान ‘भन्ने मुल नाराका साथ एकीकृत सरकारी कर्मचारी संगठन नेपालको रमाइलो बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ । संगठनको उपत्याका प्रदेश समितिको आयोजनामा वनभोजको आयोजना गरिएको हो ।

चन्द्रागिरी नगरपालिका स्थित त्रिभुवन पार्क थानकोटमा  शनिवार वनभोज कार्यक्रम गरिएको थियो । एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष याम खत्रीको   अध्यक्षता, नेपाल सरकार श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको प्रमुख आतिथ्यता साथै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागितामा कार्यक्रम गरिएको थियो ।

संगठनका सदस्यहरुको हार्दिकता ,समभाव र एकता वृद्धिको लागी कार्यक्रमको आयोजना गरिएको संगठनका महासचिव प्रकाश राईले बताए । एकीकृत सरकारी कर्मचारी संगठनमा आवद्ध सम्पूर्ण कर्मचारी तथा अन्य संगठनका कर्मचारीहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि तथा पत्रकारलगायतका अन्य सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको संगठनका सचिव तिर्थ जिसीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले एकीकृत कर्मचारी संगठनलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा यस संगठनले सक्रिय भएर कर्मचारीहरुको हकहितका क्षेत्रमा काम गरोस् भन्दै शुभकामना दिएका थिए ।

संघीयतामा, सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान गर्दै सिङ्गो राज्यको विकासका लागि संगठनमा आवद्ध कर्मचारीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अतिथिहरुले बताए । 

तपाईको बिचार