काठमाडौं । सरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरेको हो ।स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको एक मन्त्रीले जानकारी दिए । जसमा स्थानीय तहमा कम्तिमा एक वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्ने कुरा बताउँदै आएका थिए । स्वास्थ्य बीमाबारे बुझेका र विज्ञ व्यक्तिलाई बीमा बोर्डमा ल्याउन सरकारले ऐन नै संशोधन गर्न लागेको हो ।
तपाईको बिचार