काठमाण्डौं । सक्ताको नेतृत्व गरिरहेको मुलुकको दोस्रो ठुलो दल नेकपा एमालेले मजदुर बर्गको अहित हुने गरि बिभिन्न गतिविधि गरेको आरोप लागेको छ ।
विषेश गरि मजदुर बर्गलाई अहित हुने राईडसियरिङ्ग क्षेत्रको प्रबर्द्धन तथा उनिहरुलाई संगठित गरि आफ्नो पार्टी निकटको सङ्गठन र्निमाण गरेको एकीकृत यातायात मजदुर संगठनले जनाएको छ ।
पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरि आफूलाई मजदुरको मसिया ठान्ने जिफन्टले समेत यो बारेमा कुनै प्रतिकृया नदिई पार्टीको इसारामा चल्नु दुखद भएको मजदुर संगठनका अध्यक्ष तिल बहादुर विश्वकर्मा (तिलक) ले बताए ।
नेपालको कम्युनिस्ट पार्टी भित्रको ढुलमुले चरित्र तथा मजदुर विरोधी हर्कतलाई भण्डाफोर र मजदुरको हितमा पैरवी गर्ने शन्र्दभमा पछिल्लो समय गरिखाने बर्गलाई धराशायी बनाउने गरी सरकारले देखाएको रवैयाको विरुद्धमा हामी थप गोलबद्ध हुने र मजदुर तथा स्वरोजगारहरूको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि हामी दोहोर्याउन चाहन्छौ।
सो अवसरमा उनले भने । पत्रकार सम्मेलनमा मुख्य गरि राईडसियरीङ्गका नाममा गैर कानुनी रूपमा सरकारले यो क्षेत्र समाप्त पारी यातायात क्षेत्र नै धराशायी बनाउने कार्यलाई प्रोत्साहन मात्र नगरी वैधानिक बनाउने कार्य गरेकोमा हाम्रो सङ्गठनले घोर विरोध गर्दछ उनले भने ।
पत्रकार सम्मेलनमा विश्वकर्माले देशभर रहेका ११ लाख मजदुर तथा स्वरोजगार मजदुरको पेटमा लात हान्ने कार्य तत्काल बन्द गरी व्यवसायी मैत्री र मजदुर मैत्री कानुन ,नीति तथा नियमावली निर्माण गर्न हामी जोडदार माग गरे । ।
सोही अवसरमा नेपाल यातायात राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष ऐन कुमार शाहीले यातायात क्षत्र धराशायी बनाउने कार्यमा सरकार लागेको र सबै यातायात कर्मी एकै ठाऊमा उभिन आबस्यक रहेको उल्लेख गरे ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका सचिव गान्धीराज गिरिले सरकारको नेतृत्वकर्ता दलले नै पछिल्लो समय राईडसेयरीङ्गका नाममा भएका गैर कानुनी तथा मजदुरमारा हर्कतकलाई संरक्षण गरेका क्रियाकलाप बाहिर आएको उल्लेख गरे । ।
तपाईको बिचार