भूकम्पका कारण नेपालमा १३ जना घाइते

भूकम्पका कारण नेपालमा १३ जना घाइते

531
(250107) — XIGAZE, Jan. 7, 2025 (Xinhua) — Damaged houses are pictured after an earthquake in Tonglai Village, Changsuo Township of Dingri in Xigaze, southwest China’s Xizang Autonomous Region, Jan. 7, 2025. Casualties were reported after a 6.8-magnitude earthquake jolted Dingri County in the city of Xigaze in Xizang Autonomous Region at 9:05 a.m. Tuesday (Beijing Time). The epicenter was monitored at 28.5 degrees north latitude and 87.45 degrees east longitude. The quake struck at a depth of 10 km, according to a report issued by the China Earthquake Networks Center. (Xinhua)

काठमाडौ । आज बिहान गएको भूकम्पका कारण नेपालमा  पनि केही व्यक्ति घाइते भएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान गएको ७ रेक्टर स्केलको भूकम्पका कारण नेपालमा हालसम्म १३ जनाको घाइते भएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले अहिलेसम्म १३ जना घाइते भएका र २ घर पूर्ण, १ आंशिक र ११ घरमा सामान्य क्षति भएको थाहाखबरलाई जानकारी दिए। प्रहरीले भुकम्पका कारण काठमाडौँमा १, बारामा ११ र काभ्रेमा १ जना घाइते भएका जानकारी दिए।

उनका अनुसार विवरण आउने क्रम जारी नै छ। ओखल्ढुङ्गामा १ घर पूर्ण र २ घरमा सामान्य तथा संखुवासभामा १ घरमा सामान्य क्षति भएको छ।

यस्तै सोलुखुम्बुमा १ पूर्ण र एक आंशिक तथा ३ घरमा सामान्य क्षति भएको छ। ताप्लेजुङमा ३, सिन्धुपाल्चोक र रामेछापमा १/१ घरमा सामान्य क्षति भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको बिचार