भूकम्पको धक्का आइरहेपछि प्रधानमन्त्री ओलीले गरे सतर्क रहन आग्रह

भूकम्पको धक्का आइरहेपछि प्रधानमन्त्री ओलीले गरे सतर्क रहन आग्रह

571

काठमाडौ । आज बिहानै काठमाडौ लगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का आएपछि सतर्कता अपनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

आज बिहान ६ः५० बजे छिमेकी राष्ट्र चीनको स्वसासित क्षेत्र तिब्बत केन्द्र भएर ७ रेक्टरको भुकम्प आएपछि नेपाल, भारत लगायतका जिल्लामा त्यसको धक्का महशुस गरिएको थियो ।

यही अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले लेखेका छन्- शुभप्रभात,हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला।

तपाईको बिचार