एमाले केन्द्रीय समिति बैठकः हरेक सदस्यलाइ तीन मिनेटकाे समय

एमाले केन्द्रीय समिति बैठकः हरेक सदस्यलाइ तीन मिनेटकाे समय

583

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ । नेपाली कांग्रेससँग मिलेर सरकार बनाए पछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समिक्षा, भु राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत बिषय समेटेर तयार पारिएको अध्यक्ष ओलीको प्रतिवेदनमाथी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन ।

जारी बैठकमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने ब्यवस्था गरिएको छ । र, हरेक केन्द्रीय सदस्यलाइ ३-३ मिनेटको समय छुटाइएको छ ।

तपाईको बिचार