स्रोत र साधनका बिच परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

स्रोत र साधनका बिच परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

589

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनका बिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्चुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनका बिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए ।

“अहिले चुनौतीका रुपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन् ।गृहमन्त्री लेखकले  भने  “त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।”

सीमामा हुने अपराध, चोरी शिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रह समेत गरे ।

मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए । “शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ ।” उनले भने -“ विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।”

 

तपाईको बिचार

सम्बन्धित खबर