काठमाडौं। स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको हो।
मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।
‘बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ। यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ। प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ,’ प्रतिबेदन बुझ्दै उनले भने ।
गत असोज ९ गते वरिष्ठ जन स्वास्थ्य विज्ञ डा.शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार गर्न नौ सदस्यीय समिति गठन गरेका थिए।
तपाईको बिचार