तरूण दलको संयुक्त भेला अन्तिम समयमा स्थगित

तरूण दलको संयुक्त भेला अन्तिम समयमा स्थगित

649

काठमाडौं । नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ ।  नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुर्व निर्धारित भेला अन्तिम समयमा आएर स्थगित भएको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ ।

यसअघि तरुण दलले पुस २२-२३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त भेला काठमाडौँमा गर्ने तय गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर