एमालेमा किन र कसले खोजिरहेछ विद्याको नेतृत्व? 

एमालेमा किन र कसले खोजिरहेछ विद्याको नेतृत्व? 

997

काठमाडौं । २०७२ साल कात्तिक ७ गते  ठमेलस्थित होटेल बैशालीमा एमाले स्थायी समितिको गोप्य बैठक बसेको थियो। त्यसको उद्धेष्य पनि गम्भीर नै थियो।  पार्टीले राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने।

बैठकको सुरुमा नै वरिष्ठ नेता माधव नेपालको नाम प्रस्तावित भयो। त्यसका प्रस्तावक थिए – तत्कालीन महासचिव ईश्वर पोखरेल। पोखरेलले नाम प्रस्ताव गर्ने बित्तिकै वरिष्ठ नेता नेपालले मुख बिगारेका थिए। उनले आफ्नो  नाम प्रस्ताव आएकोमा धन्यवाद दिँदै घुमाउरो भाषामा थन्क्याउन  खोजेको भन्दै  असन्तुष्टि प्रकट गरेका थिए।

नेपालले यो प्रस्ताव अस्वीकार गर्ने बित्तिकै अर्का नेता झलनाथ खनालले मुख मिठ्याए। तर धेरै सदस्यले यसमा सहमति जनाएनन् । लामो छलफलपछि निष्कर्षमा  नपुगी बैठक स्थगित भयो।

त्यस लगतै  कात्तिक ९ गते सो पार्टीको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो। किन भने १० गते राष्ट्रपति पदका लागि उम्मेदवार दर्ता गर्ने कार्य तालिका यसअघि नै सार्वजनिक भएको थियो।  तर त्यो बैठकको. मुड बैशाली होटलको भन्दा निकै फेरिएको थियो। यो मुड फेरिनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठुलो हात थियो।

बैठकले तत्कालीन पार्टी  उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय ग¥यो  ।संसदमा सत्तारुढ गठबन्धनको बहुमत भएकाले भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने लगभग पक्का जस्तै भएको थियो । उम्मेदवार हुनु नै राष्ट्रपति जित्नु जस्तै थियो।

राष्ट्रपतिका लागि विद्यासँग पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवास नेम्वाङको नाम चर्चामा थियो । तर, स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको नाम प्रस्ताव गरेपछि सर्वसम्मत निर्णय भएको थियो।

 त्यो बैठकमा प्रधानमन्त्री ओलीले अडान नलिएको भए  यस्तो निर्णय हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा  धेरैले प्रश्न गरेका छन् ।

अहिले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्छ। विद्या भण्डारी पूर्व राष्ट्रपतिको हैसियतमा हुनुहुन्छ।  तर अहिले भण्डारी र ओलीबिच अनेक कुरा लगाएर राजनीतिक दुनो सोझ्याउने खेल समेत भएको चर्चा छ। एका थरी मानिसहरू भण्डारी र ओलीलाई अलग अलग कित्तामा देखाएर राजनीतिक स्वार्थ पुरा गर्न लागेको धेरैले महसुस गरेका छन् ।

यस बेला  भण्डारीलाई राजनीतिमा आउन र मुलुकको नेतृत्व गर्न समेत उक्साउने काम भएको छ। अहिले ओलीविरुद्धको असन्तुष्टिको चौतारीका रूपमा प्रयोग गर्न खोजेको घटनाक्रमहरूले देखाएको छ। उनीहरूले माधव नेपाल र प्रचण्डलाई समेत समेटेर वुहत पार्टी एकता गर्ने  नारा बोकेर यसरी भण्डारीलाई असन्तुष्टिको चौतारीका रूपमा प्रयोग गर्न खोजेको बताइएको छ। ओलीले तह लगाउन नसकेका प्रचण्ड र माधव नेपाल भण्डारीको हातबाट तह लाग्ने कल्पना सम् गर्न नसकिने एक नेताले बताए।

तपाईको बिचार

सम्बन्धित खबर