मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो।
मनहरी-५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रा मारेको थियो।
तपाईको बिचार