इटहरीमा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पार्यो

इटहरीमा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पार्यो

561

काठमाडौं । इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
आफूलाई राजावादी बताउने समूहले उपमहानगरपालिकाको कार्यालयअगाडि राखेको शंकास्पद वस्तु मंगलबार नेपाली सेनाले निष्क्रिय पारेको हो ।

बम राखिएको भन्ने सूचना आएपनि उक्त प्रेसर कुकरमा तार बेरेको ‘होक्स’ ९ झुक्याउने सामग्री० रहेको पाइएको सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए ।

बम रहेको हल्लापछि पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्धसमेत बनेको थियो । अहिले यातायात सञ्चालन भइसकेको छ ।

तपाईको बिचार