उड्डयन प्राधिकरण- अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गराएर बार्षिक उत्सब मनाउँदै

उड्डयन प्राधिकरण- अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गराएर बार्षिक उत्सब मनाउँदै

557

काठकाण्डौं । नेपाल नागरिक उड्डययन प्राधिकरणले पर्यटकको मुख्य सिजनमा नै दैनिक १० घण्टा बिमानस्थल बन्द गरेको छ । यही समयमा प्राधिकरणले आफनो बर्षगाँठ समेत मनाउँदैछ । प्राधिकरणले आफनो २७ औं बर्ष प्रवेशको अवसरमा बिभिन्न कार्यक्रममको आयोजना गरेको छ ।

करिव आधा समय बिमानस्थल बन्द गराएर कुन खुसिले बार्षिक उत्सब मनाउने भन्नेसम्मको हेक्का समेत नराखि प्राधिकरणले मनाउने बार्षिक उत्सवलाई सबैले चासोका साथ हेरेका छन् ।

धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले दावी गरेका छन् ।

महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए ।

महानिर्देशक अधिकारीले सो कामको योजना करिब ८ महिनाअघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे ।

उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए । यस अघि त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

प्राधिकरणका अनुसार उक्त अवधिमा तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् ।

विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।

त्रिभुवन विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दूमा भइरहेको निर्माण कार्यका कारण गत चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दूबाट जहाज अवतरणमा पनि निषेध गरिएको छ ।

प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् ।

विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।

काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन् । स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने विश्वास छ ।

राति १० बजेपछि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, क्याथे प्यासिफिक, कतार एयरवेजलगायतका वायुसेवाले उडान–अवतरण गर्दै आएका थिए ।

कामको योजना करिब ८ महिना अघिदेखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न महानिर्देशक अधिकारीले आग्रह गरे पनि यसबाट पर्यटन क्षेत्रमा पर्न सक्ने असरलाई भने ध्यान दिएको पाइन्दैन् ।

प्राधिकरण र महानिर्देशकको ढिपिले बिषेश गरेर हवाइ यात्रुलाई समस्या परेको छ । एकातर्फ हवाई टिकट पाउन ठूलै संघर्ष गर्नु पर्ने अवस्था छ भने अचाक्ली बढेको भएको टिकटको मूल्यले स्वदेशी र नेपाली यात्रु भारमा छन् ।

पर्यटकको आगमन हुने प्रमुख सिजन मै १० घण्टा बिमानस्थल बन्द हुँदा बुक गरेका पर्यटक पनि नेपाल आउन नपाएको पर्यटन ब्यावसयीले बताउने गरेका छन् ।

प्राधिकरणले अझै पनि १० घण्टाको समयलाई केही घण्टा छोट्याउन सक्ने अवस्था भएपनि त्यस तर्फ कुनै चासो देखाएको छैन् ।

प्राधिकरणले निर्माण कम्पनीसँग भएको सम्झौतामा १० घण्टा नै बन्द गर्नु पर्ने समय तोकेर बिमानस्थल बन्द गर्नुको कारण सरोकारवाला निकायले खोज्न जरुरी छ । यो बारेमा अध्ययन हुन आवश्यक छ ।

प्राधिकरणले १्र० घण्टा नै समय तोकेर बिमानस्थल बन्द गनूृको कारण र आधार खोज्ने बेला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिब, सहसचिबको संयोजकत्वमा प्राविधिक तथा बिभिन्न बायुसेवा कम्पनीका प्रतिनिधि सम्मिलित गठित कमिटीले सात दिनमा यथार्थ प्रतिबेदन पेश गर्ने भनिएको प्रतिबेदनकमा समेटिएका बिषय पनि सार्वजनिक भएका छैनन् ।

यसबाट पनि प्राधिकरणको कैफियत रहेको छ भन्ने देखाउँछ ।

हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।

महानिर्देशक अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्सान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम सुरु गर्नुपरेको उल्लेख गरे ।

समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे । ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए ।

प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।

महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए ।

उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए ।

सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

तपाईको बिचार