इटहरी उपमहानगरपालिकाकाे गेट अघि राखिएकाे शङ्कास्पद वस्तुलाई निष्कृय पारियाे

इटहरी उपमहानगरपालिकाकाे गेट अघि राखिएकाे शङ्कास्पद वस्तुलाई निष्कृय पारियाे

543
सुनसरी ।  सुनसरीको इटहरी उपमहानगर कार्यालय अगाडि फेला परेकाे शंकास्पद वस्तु नेपाली सेनाकाे डिस्पाेजल टाेलीले  निष्क्रिय बनाएको छ ।
आफूलाई राजावादी बताउने समूहले उपमहानगरपालिकाको कार्यालय अगाडि राखेको बम आज बिहान नेपाली सेनाले निष्क्रिय बनाएको हो ।
अन्य दुई ठाउँमा पनि त्यस्तै वस्तु रहेको सूचना पाएको पनि ती ठाउँमा केही फेला नपरेको प्रहरीले जानकारी दिएको छ । सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले दिएको जानकारी अनुसार अहिले इटहरीको अवस्था सामान्य छ।

एसपी तिम्सिनाका अनुसार मंगलबार बिहानै प्रहरीलाई एनसेलको एउटा नम्बरबाट बम राखेको सूचना आएको थियो । ‘हामी राजावादी समूह हौं । हाम्रो सशस्त्र संघर्ष सुरू भइसक्यो । इटहरी उपमहानगर अगाडि, बुढीखोला र धरानको भोटेपुलमा बम राखेका छौं, मानवीय क्षति नहोस् भन्नेमा सजग छौं भनेर म्यासेज आयो,’ तिम्सिनाले भने, ‘लगत्तै हामीले फलो गर्‍यौं ।’ उनका अनुसार इटहरी उपमहानगरअगाडि प्रेसर कुकरमा तार बेरेको झुक्याउने सामग्री फेला परेको थियो । ‘त्यसलाई निष्क्रिय पारिसकिएको छ । अरू दुई ठाउँमा केही फेला परेन,’ उनले भने ।

तपाईको बिचार