प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना

659

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिएका हुन् ।

उनले सन्देशमा भनेका छन् , “संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना ” सामाजिक सञ्जालमा भनिएको छ “तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ ।”

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यसपर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर