भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन ( समाजवादी ) गण्डकी प्रदेशको बैठक सम्पन्न

भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन ( समाजवादी ) गण्डकी प्रदेशको बैठक सम्पन्न

697

काठमाण्डौं नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) गण्डकी प्रदेशको बैठक सम्पन्न भएको छ ।  बिहीबार संगठनले पोखरामा आयोजना गरेको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)  को गण्डकी प्रदेश स्तरीय बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा  विशिष्ट अतिथि  सङ्गठनका केन्द्रिय कार्यवाहक अध्यक्ष तथा  पार्टीका कोशी प्रदेश कमिटी  सदस्य पबित्रराम थापा , अतिथि पूर्ब मन्त्री तुल बहादुर गुरुङ्ग केन्द्रिय  सदस्य  कृष्ण बहादुर नेपाली लगायत नेताहरुको उपस्थिति रहेका थियो । कार्यक्रम सङ्गठनका गण्डकी  प्रदेश कार्यबाहक अध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा सम्पन्न भयो ।

बैठकले सङ्गठनको प्रदेश कार्यवाहक अध्यक्ष रामबहादुर थापालाई गण्डकी  प्रदेशको अध्यक्षको जिम्मेवारी तोकेको छ । यस्तै  ,मन बहादुर सुनुवारलाई गण्डकी प्रदेश उपाध्यक्ष र  भिम बहदुर सुनुवारलाई गण्डकी प्रदेश  सदस्यको  जिम्मेवारी दिइएको छ । बैठकले सबै जिल्लाहरूको अधिवेशन आगामी माघ महिना भित्र र प्रदेशको अधिवेशन फागुन महिना भित्र गर्ने निर्णय समेत गरेको छ ।  

तपाईको बिचार