भारत भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्- ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न’

भारत भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्- ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न’

693

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले निम्तो पठाए भ्रमणमा जाने नत्र नजाने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले निम्तो आए भारत मात्र भ्रमणमा जाने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे अहिले चर्चा भइरहेको प्रति इंगित गर्दै भने, ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन ।’ प्रधानमन्त्री ओली भारत भ्रमण जाने सन्दर्भमा पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा विभिन्न चर्चा हुन थालेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर