काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गठन भएको सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले विज्ञप्तिमार्फत पुस र माघ सरकारविरुद्ध प्रदेश, जिल्ला र स्थानीय तहमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।
कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार गठन भएको पाँच महिना बित्दै गर्दा असफलताउन्मुख रहेको भन्दै राप्रपाले खबरदारी सभा गर्ने निर्णय गरेको हो ।
सरकारविरुद्धको खबरदारी सभालाई पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको जनाउँदै विज्ञप्तिमा भनेको छ, ‘एमाले–कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ । संसद्को पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो ।’
तपाईको बिचार