पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गर्नुपर्छ- सभामुख घिमिरे

पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गर्नुपर्छ- सभामुख घिमिरे

651

काठमाडौँ । सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई कतामा बाँध्ने सेतुको काम गरेको बताएका छन् ।

सभामुख घिमिरको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका छन् ।ए

“क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र होइन, यो सम्पूर्ण मानव समाजका लागि सहिष्णुता र परोपकारको सन्देश बोकेको पर्व हो, यसले हामीलाई प्रेम र भाईचारा प्रवर््द्धधन गर्न सिकाउँछ”, सन्देशमा भनिएको छ, “हाम्रा पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको छ, क्रिसमस पनि यसैको एक अनुपम उदाहरण हो, जहाँ हामी सबैले एक आपसमा खुशी साटासाट गर्छौँ ।” भनेका छन् ।
“शान्ति, प्रेम र सह-अस्तित्वको पर्व क्रिसमसले शान्ति, सद्भाव र एकता विकास गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ,” ।

तपाईको बिचार

सम्बन्धित खबर