आपसी सद्भाव र एकतालाई सुदृढ गर्न क्रिसमसले सहयोग पर्याउँछ-अध्यक्ष नेपाल

आपसी सद्भाव र एकतालाई सुदृढ गर्न क्रिसमसले सहयोग पर्याउँछ-अध्यक्ष नेपाल

555

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्रिसमस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने बताएका छन् ।

इसाई धर्मावलम्बीको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष नेपालले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकमा फरक धर्म, संस्कृति, परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण क्रिस्चियन समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

तपाईको बिचार