बुबा र भाइ मारेको स्विकार गर्दै मिलनले गरे आत्मसमर्पण

बुबा र भाइ मारेको स्विकार गर्दै मिलनले गरे आत्मसमर्पण

607

काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा हत्या प्रकरणमा संलग्नले प्रहरीमा आत्मसमर्पण गरेका छन् । आफूले बावु र भाईको हत्या गरेको स्विकार्दै जेठा छोरा मिलन आचार्यले आत्मसमर्पण गरेका हुन् । उनले महाराजगञ्ज प्रहरीमा पुगेर आफ्ना बाबु र भाइको हत्या आफैले गरेको स्वीकार गर्दै आत्मसमर्पण गरेका हुन् ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

सोमबार बिहान खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन मृत भेटिएका थिए । सँगै बस्ने जेठा छोरा मिलन फरार थिए । उनले नै बाबु र भाइको हत्या गरेको हुनसक्ने आशंकासहित प्रहरीले मिलनलाई खोजि गरिरहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर